काठमाडौँ: नेक्स्ट सुपर टप मोडल नेपाल २०१७ का प्रतियोगी अब भोटिङको आधारमा चयन हुनेछन्। प्रतियोगिताको लागि सोमबारबाट भोटिङ लाइन खुल्ला गरिएको हो। महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपालले आयोजना गरेको कार्यक्रममा यसअघि निर्णायकले प्रतिस्पर्धी चयन गरेका थिए।
तीन चरणको अडिशन पछि वर्कसप सुरु भएको थियो। हाल प्रतियोगीहरुलाई मोडलिङ सम्बन्धि एक महिने प्रशिक्षण दिइरहेको छ। जसमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण भइरहेको छ। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को कोरियोग्राफी दिबश भट्टराइले गरेका छन्।