
गौशालाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर–२ मा राष्ट्रिय जनता पार्टीसहितको निर्वाचन हुने ठोकुवा गरेका छन्।
कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनुषाको जनकपुर जाने क्रममा महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं–२ मा हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे।
उनले चुनावमा सहभागी हुन राजपाले अघि सारेका माग र शर्त पूरा हुने वातावरण बनिरहेको र चाँडै राजपाको माग सम्बोधन हुने संकेत देखिएकाले तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुनेमा ढुक्क हुन आग्रह गरे।
उनले संविधान संशोधन र सीमांकन तथा प्रदेश नं–२ मा स्थानीय तहको संख्यासमेत थप हुने आवश्यक सबै गृहकार्य पूरा भइसकेको बताए।रासस