PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

प्रधानमन्त्री देउवाद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी



रासस

प्रधानमन्त्री देउवाद्वारा पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

प्रधानमन्त्री देउवाले महाराजगन्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओप्लास्टिक सर्जरी गरी उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे आज अस्पताल पुगेर जानकारी लिएका हुन्। 

जोशीलाई मुटुमा समस्या आएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। एन्जिओप्लास्टिक सफल सर्जरीपछि जोशीको स्वास्थ्य अवस्था सुघारोन्मुख हुँदै गएको उनका स्वकीय सचिव पुष्करराज पाण्डेले जानकारी दिए। 

जोशीलाई अझै केही दिन अस्पतालमै रहन चिकित्सकले सल्लाह दिएको पाण्डेले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell