PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

झुठो तारिफले खुसी नबनाउने बलिउड अभिनेत्रीको तर्क



पहिलोपोस्ट

झुठो तारिफले खुसी नबनाउने बलिउड अभिनेत्रीको तर्क

कुशल अभिनय कलाका कारण छोटो समयमै चर्चामा आएकी कलाकार हुन् अनुष्का शर्मा। उनले प्राय हरेक फिल्म रिलिज पछि दर्शक र क्रिटिक्सको तारिफ पाउँदै आएकी छिन्। सामाजिक सञ्जालदेखि बलिउड मिडियासम्म उनको कामको प्रशंसा हुन्छ। हाल प्रदर्शनको तयारीमा रहेको फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचार पोस्टरमा उनलाई चुलबुले भूमिकामा देख्न सकिन्छ। जसको तारिफ र चर्चामा बलिउड गसिप बन्न सुरु भइसकेको छ।

तर अनुष्काले भने आफ्नो झुटो तारिफ गरेर कसैले आफूलाई बेवकुफ बनाउन नसक्ने तर्क राखिन्। भनिन्,'म आफू स्वयंमको क्रिटिक हुँ र आफ्नो कामबाट कहिल्यै पूर्ण संतुष्ट हुँदिन।' उनले कसले आफ्नो झुटो तारिफ गर्दै छ सजिलै बुझ्नो समेत बताइन्। अनुष्का आफू बनावटी व्यवहार गर्नेहरुबाट पर बस्ने बताउछिन्। फिल्ममा काम गर्दा सच्चा साथ दिने र झुटो व्यवहार गर्ने दुबै प्रवृत्तिका मान्छेसँग संगत गर्नु परे पनि आफूलाई दुरी कायम गर्न आउने उनको तर्क छ।

९ वर्ष अघि फिल्म रबने बना दि जोडीबाट बलिउडमा डेब्यु गरेकी शर्मा अहिले बलिउडका सफल अभिनेत्रीहरुको सुचीमा पर्छिन्। एनएच १०, सुल्तान, ए दिल है मुश्किल, फिल्लौरी जस्ता सफल फिल्म दिएकी उनी व्यक्ति व्यक्तिले फिल्म इन्डस्ट्री सफल बनाउने धारणा व्यक्त गर्छिन्। वेब दुनियाँले जनाए अनुसार अनुष्का आफ्नो कामसँग खुशी छिन् तर संतुष्ट छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell