PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

भारतको उडिशामा चट्याङ लागेर ११ जनाको मृत्यु



रासस

भारतको उडिशामा चट्याङ लागेर ११ जनाको मृत्यु

नयाँदिल्लीः भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो। 

मारिनेमा सवैजसो धान खेतमा काम गरिरहेका थिए। भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिब दुई हजार जनाको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell