PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

धर्मकीर्ति विहारले गर्‍यो भारतीय राजदूत पुरीलाई सम्मान



रासस

धर्मकीर्ति विहारले  गर्‍यो भारतीय राजदूत पुरीलाई सम्मान

काठमाडौँ : धर्मकीर्ति विहार, नःघलले भारतीय राजदूत सन्जिभ सिंह पुरीलाई सम्मान गरेको छ। राजधानीमा आज आयोजित कार्यक्रममा राजदूत पुरीलाई सम्मान गरिएको हो।

कार्यक्रममा राजदूत पुरीले दुई मुलुकबीच जनस्तरमा मात्र नभई सांस्कृतिक सम्बन्ध पनि सदिँयौंदेखि प्रगाढ रहँदैआएको बताए। 

उनले धर्मकीर्ति विहार र भारतीय राजदूतावासबीच रहँदै आएको सहयोगात्मक सम्बन्धलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने वचनबद्धता व्यक्त गरे। 

विहार प्रमुख अनगारिका धम्मावतीले धर्मकीर्ति विहारलाई भारत सरकारबाट प्राप्त भइआएको सहयोग आगामी दिनमा पनि जारी रहने विश्वास गरिन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell