PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

पोखरीमा डुबेर महोत्तरीमा ६५ वर्षीय वृद्धको मृत्यु



रासस

गौशाला : महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ। 

पोखरीमा डुबेर महोत्तरी गाउँपालिका– ५ का प्रकाश महतोको मृत्यु भएको हो।

आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाढा रहेको पोखरीमा नुहाउन लाग्दा डुबेर मृत्यु भएको प्रहरी प्रहरीले जनाएको छ।

वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell