
इटहरी : वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताएका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिकाको तरहरामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले प्रदेश नं १ मा उत्पादन हुने वस्तुलाई निर्यात योग्य बनाएर विदेशी बजारमा प्रवद्र्धन गर्ने वचनवद्धता प्रकट गरे।
पूर्वी नेपालमा उत्पादन हुने अदुवा, रुद्राक्ष, अलैँची, अदुवा, अकबरे चिया, कफी र दूध जस्ता वस्तुको प्रशोधन र स्तरवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
करदाताको सम्मान गर्ने परम्परा बसाल्न मन्त्रालयले नीति ल्याउन लागेको र करदाता सम्मान कार्ड वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।रासस