PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

एमालेले भन्यो–सर्वोच्चको फैसला दुःखद



पहिलोपोस्ट

एमालेले भन्यो–सर्वोच्चको फैसला दुःखद

काठमाडौंः नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गराउने सर्वोच्च अदालतको फैसलालाई दुःखद भनेको छ।

सोमबार विज्ञाप्ती जारी गरी एमालेले माओवादी कार्यकर्ताले सुनियोजित तरिकाले मतपत्र च्यातेको र फैसला पनि आफ्नो विपरित गरिएको आरोप लगाउँदै अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको हो। 

‘सुनियोजित तरिकाले मतपत्र च्यातिएको तर मतगणनास्थल कब्जामा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्धामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ।’ विज्ञप्तीमा भनिएको छ। 

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेका बेला जेठ १४ गते मतपत्र च्यातिएका थिए। उक्त घटनामा निर्वाचन आयोगले पुनस् मतदान गराउन भनेपछि एमाले कार्यकर्ता पुनस् मतगणनाको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell