PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

छुट्टाछुट्टै घटनामा नवलपरासीमा दुईको मृत्यु



रासस

छुट्टाछुट्टै घटनामा नवलपरासीमा दुईको मृत्यु

नवलपरासी : नवलपरासीमा आज भएका दुई छुट्टाछुट्टै घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ। 

साँझ सरावल गाउँपालिका–७ स्थित भुजहवामा सिसौको रुखबाट खसेर सरावल–७ भुजहवका चाँद हुसैनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, पाल्हीनन्दन गाउँपालिकामा बिजुलीको खम्बामा चढेर अम्बा टिप्न खोज्दा त्यहाँ बाँधिएको बिजुलीको नांगो तार छुँदा १२ वर्षीया आरती हरिजनको मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय अमानीगन्जले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell