PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

कलवाइपासको आरोपमा काभ्रेको बनेपामा पाँच जना पक्राउ



रासस

कलवाइपासको आरोपमा काभ्रेको बनेपामा पाँच जना पक्राउ

बनेपा : अवैध कलवाइपास गरेको आरोपमा काभ्रेको बनेपा–७ स्थित गोदामचोकबाट पाँच युवक पक्राउ परेका छन्। 

लामो समयको अनुसन्धानपछि पक्राउ परेका उनीहरुको नाम अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गोप्य राखिएको छ।

प्रहरी नायब उपरीक्षक नविनराज राईले कल वाइपासमा पक्राउ परेको पुष्टि गर्दै त्यसमा ठूलो गिरोह संलग्न भएको आशंका गरे। उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell