PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

जनप्रतिनिधिलाई उपप्रधानमन्त्री महराको सुझावः अधिकार सदुपयोग गरी विकास निर्माणमा लाग्नुस् 



रासस

जनप्रतिनिधिलाई उपप्रधानमन्त्री महराको सुझावः अधिकार सदुपयोग गरी विकास निर्माणमा लाग्नुस् 

काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका छन्।

आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महराले संविधानले स्थानीय तहलाई दिएको अधिकार अधिकार प्रयोग गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिए। 

उपप्रधानमन्त्री महराले भने,‘संविधानको परिपालना गर्ने हो भने केन्द्रमा रक्षा, परराष्ट्र तथा मौद्रिक नीतिजस्ता अधिकार मात्र रहेको छ, अन्य अधिकार प्रदेश र स्थानीय तहमा गएकाले त्यसको कार्यान्वयन गर्नुपर्छ।; 

मुलुक राजनीतिक संक्रमणको अन्तिम अवस्थामा रहेको भन्दै उनले प्रदेश र संङ्घको निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell