PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

कालीकोटको सान्नित्रिवेणीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ७ घाइते



रासस

कालीकोटको सान्नित्रिवेणीमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ७ घाइते

कालीकोट: कालीकोटको सान्नित्रिवेणी गाउँपालिकाको एक घरमा बाढीसँगै आएको ढुंगाले घर पुर्दा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। 

मृत्यु हुनेमा सान्नित्रिवेणी–६ काव्राका बुदे सार्कीका १३ वर्षीया छोरी ललिता, नौ वर्षीय छोरा लंक र पाँच वर्षीया छोरी कल्पना सार्की रहेको आफन्तले बताएका छन्। उनीहरु ढुङ्गाले च्यापिएका छन्। 

स्थानीयवासीका अनुसार बुदे, उनकी श्रीमती बेलु र छिमेकी शर्मिला सार्कीसहित सात जना घाइते भएकामा जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।

सान्नित्रिवेणीका अध्यक्ष डम्बरबहादुर शाहीका अनुसार सिंगो दलित बस्ती उच्च जोखिममा रहेको बताइएको छ। अध्यक्ष शाहीले बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कालीकोटमा पहल गरिएको जानकारी दिए। 

अहिलेसम्म पुरिएका बालिबालिकालाई निकाल्न सकिएको छैन। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त स्थानलाई जोखिम क्षेत्र घोषणा गरिएको तर सो ठूलो ढुंगालाई फोरेर बालबालिका निकाल्न सम्भव नभएका कारण समस्या आएको बताइएको छ।

चार वर्ष पहिले सान्निगाढमा आएको पहिराले सात जनाको ज्यान गएको सो क्षेत्रमा पुनः समस्या दोहोरिएको बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell