PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कमल थापाको आरोपः सत्तारुढ दलकै कारण राजपा चुनावमा भाग नलिने परिस्थिति सृजना



रासस

कमल थापाको आरोपः सत्तारुढ दलकै कारण राजपा चुनावमा भाग नलिने परिस्थिति सृजना

राजविराज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाएका छन्। 

सोमबार सप्तारीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सतारुढ दलको राजनीतिक स्वार्थका कारण राजपालाई चुनावमा भाग लिन नदिने परिस्थितिको सृजना भइरहेको अरोप लगाए। 

अध्यक्ष थापाले भने, ‘मधेसमा सुक्ष्म रुपमा रहेको विखण्डनकारी शक्तिलाई परास्त पार्न राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छ र हामी पनि उनीहरुको मुद्दा समाधानका लागि सक्दो प्रयास गछौं।’ 

उनले २ नं प्रदेशको निर्वाचनमा हिन्दू राष्ट्र स्थापना, मधेसको अधिकार र पहिचानको संरक्षण तथा संवद्र्धन एंव समग्र आर्थिक विकासलाई मुख्य एजेण्डका रुपमा लिएर जनता माझ जाने बताए। 

अध्यक्ष थापाले आगमी दिनमा ७४४ वटै स्थानीय तहमा हिन्दू राष्ट्र जनजागरण अभियानको आयोजना गर्ने र संविधान संशोधनमार्फत मुलुकमा हिन्दू राष्ट्रको पुनःस्थापना गराउने लक्ष्य आफ्नो पार्टीको रहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell