PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

प्रदेश र संघीय निर्वाचनमा गच्छदारले पार्टीलाई तेस्रो शक्तिका रुपमा स्थापित गर्ने



रासस

प्रदेश र संघीय निर्वाचनमा गच्छदारले पार्टीलाई तेस्रो शक्तिका रुपमा स्थापित गर्ने

काठमाडौँ : नेपाल लोकतान्त्रिक फोरमले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई अब्बल बनाउन विशेष निर्वाचन रणनीति बनाउने भएको छ। 

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन चुनावी रणनीति बनाइरहेको जानकारी दिए। 

पार्टीको आठौँ वार्षिकोत्सवको सोमबार उद्घाटन गर्दै अध्यक्ष गच्छदारले भने,‘आगामी निर्वाचनमा पार्टीले उच्च प्राथमिकताका आधारमा चुनावी रणनीति बनाउँदैछ, केही दिनभित्रै निर्वाचन हुने आठ वटै जिल्लामा केन्द्रीय नेतालाई जिम्मेवारी दिएर पठाउछौँ।’ 

अध्यक्ष गच्छदारले विभिन्न नौ वटा पार्टी एकीकृत भई बनेको लोकतान्त्रिक फोरमले संगठन विस्तारलाई तीव्रता दिई आगामी प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई तेस्रो शक्तिका रुपमा स्थापित गर्ने दाबी गरे। 

फरक प्रसंगमा उनले देशको राष्ट्रिय समस्या समाधान गर्न आफ्नो पार्टीको भूमिका राजनीतिक दृष्टिकोणले अग्रणी भएको बताए। 

कार्यक्रममा पार्टी उपाध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र अर्का उपाध्यक्ष एवं भूमिसुधारमन्त्री गोपाल दहितलले पार्टीका नेता राजधानी केन्द्रीत भएकाले अघिल्लो निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई अब्बल बनाउन केन्द्रदेखि स्थानीयस्तरमा नेता कार्यकर्ता सक्रिय बन्नुपर्नेमा जोड दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell