PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

नेप्सेको सिइओका लागि अर्थ मन्त्रालयले माग्यो आवेदन, दरखास्तसँगै व्यवसायिक कार्ययोजना पेस गर्नु पर्ने

नेप्सेको सिइओका लागि अर्थ मन्त्रालयले माग्यो आवेदन, दरखास्तसँगै व्यवसायिक कार्ययोजना पेस गर्नु पर्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। पदपूर्ति समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि व्यवसायिक कार्ययोजनासहितको दरखास्त माग गरेको हो।

छनोट समितिले मंगलबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

दरखास्त दिन चाहने उम्मेदवारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा यही साउन ३१ गतेसम्म दरखास्त दिनु पनेछ।

अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य वा कानुन विषयमा स्नात्तकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, पूँजीबजार तथा बैकिङ क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभवप्राप्त व्यक्तिले आवेदन दिन पाउँनेछन्। दरखास्त दिने उम्मेदवार कम्तीमा ३० वर्ष पूरा भइ ६० वर्ष ननाघेको हुनु पर्नेछ।

दरखास्तसाथ उम्मेदवारले व्यवसायिक कार्ययोजना समेत पेस गर्नु पर्ने व्यवस्था गरिएको छ। छनोट सूचीमा परेका उम्मेदवारले व्यवसाययिक कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell