PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

भत्केको रंगशालामा नयाँ खेलकुद मन्त्रीको अनुगमन, फोटोमा हेर्नुस्

भत्केको रंगशालामा नयाँ खेलकुद मन्त्रीको अनुगमन, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अनुगमन गरेका छन्। नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको अवस्था अहिले दयनिय अवस्थामा छ।

नवनियुक्त मन्त्री केसीसँग मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अनुगमनका क्रममा विभिन्न खेल संधका पदाधिकारी साथै प्रशिक्षकलाई समेत भेटेका छन्।  

भूकम्पपछि अस्थव्यस्त बनेको दशरथ रंगशाला पूनर्निर्माण कार्य निकै सुस्त गतीमा भइरहेको छ। नेपालले सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद आयोजना गर्ने तय भएको छ।

फोटो : प्रदिपराज वन्त, रासस



ट्रेन्डिङ पोस्ट

Ncell