PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा सपथ ग्रहण



रासस

केलीद्वारा ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’का रूपमा सपथ ग्रहण
फोटो श्रोतः apnews.com

वासिङ्टन : जोन केलीले  अमेरिकी राष्ट्रपति कार्यालयको ‘चिफ अफ स्टाफ’को सपथ खाएका छन्।

राष्ट्रपति ट्रम्पले जनरल केलीलाई हालै सपथ खुवाइएको जानकारी दिदै ट्वीटमा लेखेका छन्,‘केलीले चिफ अफ स्टाफका रूपमा असाधारण जिम्मेवारी बहन गर्नेमा म विश्वस्त छु।’ 

ट्रम्पले भने,‘उहाँले मातृभूमिको सुरक्षाका लागि गरेको इमान्दारी प्रदर्शन यदि तपाईले सीमानामा हेर्नुभए पुग्छ। जति जिम्मेवारी उहाँबाट मातृभूमिको सुरक्षाका लागि जति गर्नुभएको प्रशंसनीय छ।’ 

गत हप्तामात्र ओबामाकेयर कार्यक्रमलाई औपचारिक रूपमा असफल पार्न लागिपरेका ट्रम्प र रिपब्लिकन पार्टीको प्रयासलाई सफलता दिलाउने प्रयासमा चुकेपछि पूर्व ‘चिफ अफ स्टाफ’ रेन्स प्रेवसलाई राजीनामा दिन दवाब दिएपछि उक्त पद भएको थियो।

सतसठ्ठी वर्षीय केलीले राष्ट्रपति ट्रम्पको निर्देशन इमान्दारीताका साथ पालना गर्ने विश्वासकासाथ ल्याइएको विभिन्न स्थानीय सञ्चारमाध्यमले प्रतिक्रिया दिएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell