PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बेलायती राजकूमार फिलीपले सार्वजनिक पदबाट अवकाश लिने



रासस

बेलायती राजकूमार फिलीपले सार्वजनिक पदबाट अवकाश लिने
फोटो श्रोतः rte.ie

लण्डनः बेलायतका राजकूमार फिलीपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिने बेलायतको राजदरबारबाट जानकारी गराइएको छ। 

महारानी एलिजावेथ द्वितीयका जीवनसँगी ९६–वर्षीय फिलीपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन्।

द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनवर्ग’ले बकिङ्घम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुनेछन्। उनी बेलायती ‘कमान्डो फोर्स’का ‘क्याप्टेन जनरल’ हुन्। 

दरबारका एक प्रवक्ताले भने, ‘यो नै सम्भवत राजकूमार फिलीपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ। तर उनले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन।’ 

बेलायतको इतिहासमा सवैभन्दा लामो समय सेवा गर्ने राजकूमार फिलीपले यसै वर्षकोको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट विदा लिने गत मे महिनामा घोषणा गरेका थिए। 

उनले एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेका र त्यसपश्चात महारानीसँगको नाताले उनले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका छन्।

अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गरेका छन्। उनले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन्। 

राजकूमार फिलीपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ छन्। उनलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भएपनि के समस्याका कारण अस्पताल पुर्याइएको थियो भन्ने दरबारले सार्वजनिक गरेको छैन। 

एकानब्बे वर्षीय महारानी र राजकूमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएका छन्। उनीहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकूमार चाल्र्स र नाती राजकूमार विलियमल हेर्दै आएका छन्।

‘डुक अफ क्याम्ब्रिज’ विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकास लिएका छन्। अहिले विलियम तथा उनकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आएका छन्। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell