PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न ३ बजे सर्वदलीय बैठक 



राजेन्द्र आचार्य

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न ३ बजे सर्वदलीय बैठक 
फाइल फोटो

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मिति आज साँझ घोषणा गर्ने तयारी गरिएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दिएको जानकारी अनुसार आज अपरान्ह तीन वजे सर्वदलीय बैठक बोलाइएको छ। सर्वदलीय बैठकले निर्वाचनको मिति टुंगो लगाउनेछ।

सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले भने,‘पहिला राय सुझाव लिने काम हुन्छ, त्यसपछि माहोल कस्तो छ। अनि मात्रै मिलेसम्म उहाँहरुको राय आएपछि साँझ नै मिति घोषणा गरिने छ।’

 मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको पत्र चितवन जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेको छ।

सहायक निर्वाचन अधिकृत घिमिरेले मंगलबार मात्रै फैसला पत्र चितवनमा आइपुगेको र त्यसको अध्ययन सकिएको जानकारी दिए।  यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरी तीन वटा मतदान केन्द्र छन्।  

किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell