PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

वैद्य–प्रकाश मानवअधिकार पुरस्कार डोमलाई



रासस

राजविराज : मानवअधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ का ५३ वर्षीय युक्तिलाल मरिक डोमलाई वैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७४ बाट सम्मान गरिएको छ। 

सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा ‘२१ औँ प्रकाश मानवअधिकार पुरस्कार’ कार्यक्रममा मरिकलाई डोम जातिको मुक्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएबापत पुरस्कारस्वरुप तीन हजार १०५ प्रदान गरियो।

दुई दशकदेखि गरिब, असहाय, दलित, महिला, अल्पसंख्यक र भूमिहीनको उत्पीडनविरुद्ध सक्रिय मरिक दलितमा सबैभन्दा पछाडि पारिएको डोम जातिको आन्दोलनको अभिन्न अंगका रुपमा स्थापित छन्। 

डोम उत्थान समाजका राष्ट्रिय अध्यक्ष स्नातक उत्तीर्ण डोम विसं २०५६ देखि डोम जातिको भूमि तथा कृषि अधिकार, दलित सशक्तीकरण र सिनो बहिष्कार आन्दोलन, जातीय छूवाछूत र घर उठीबासविरुद्धको अभियानका साथै सप्तरी, सिरहा र सुनसरीका विभिन्न मन्दिर र होटलमा डोम समुदायको प्रवेश खुल्ला गराउन निरन्तर क्रियाशील छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell