PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

चिनियाँ राष्ट्रपति सिले भने–हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ



रासस

चिनियाँ राष्ट्रपति सिले भने–हाम्रो सार्वभौमिकताको संरक्षण गर्न हामी सक्षम छौँ

बेइजिङ : चिनियाँ राष्ट्रपति सि चिनफिङले चीन आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि आफै सक्षम रहेको बताएका छन्। 

चिनियाँ सेनाको ९० औँ वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा राष्ट्रपति सिले कसैलाई पनि देशकाविरुद्ध प्रयोग हुन नदिन चीन सक्षम रहेको बताएका हुन्।

उनले भनेका छन्,‘हामीले कुनै पनि हालतमा र कुनै जनता, कुनै पनि संगठन वा अरु कसैलाई पनि देशका विरुद्धमा प्रयोग हुन वा चीनको भूभागमा पृथकतावादी क्रियाकलाप हुन दिदैनौँ, यसका लागि हामी आफै एकदमै सक्षम र बलिया छौँ।’ 

बेइजिङको ग्रेट हल अफ द पिपुलमा मङ्गलबार उपस्थित भएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा सैनिक अधिकारीहरुलाई सम्बोधन गर्दै राष्ट्रपति सिले भने,‘चिनियाँ भूभागलाई कसैले पृथकतावादीको पक्षमा पार्न खोज्ने वा यहाँ देशको सार्वभौमिकताको विरुद्धमा चलखेल गर्न खोज्ने खेल भयो भने हामीले जुनसुकै हालत र अवस्थामा पनि त्यसलाई निस्तेज र असफल बनाउन सक्छौँ त्यसका लागि हामी आफै सक्षम छौं।’
राष्ट्रपति सिले सन् २०१२ मा आफ्नो कार्यभार सम्हालेपछि राष्ट्रियताको विषयमा निकै कडा अभिव्यक्ति दिँदै आएका छन्। 

उनले देशभित्र हुनसक्ने पृथकतावादी क्रियाकलापहरुमा पनि कडा प्रशासनिक निगरानीका लागि निर्देशन दिएका छन्। 

चिनियाँ जनसेनाको स्थापनाको ९० औँ वार्षिकोत्सवको अवसरमा चीनमा केही दिनयतादेखि बार्षिकोत्सव समारोह र विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell