PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा



आकाश क्षेत्री

कसले गर्‍यो बालकको अपहरण? बाबु नै अनुसन्धानको घेरामा

काठमाडौं : पाँच वर्षका विशाल चौधरी मंगलबार आमाको काखमा खेलिरहेका थिए। 

यी तिनै बालक थिए, जसको शुक्रबार अपहरण भएको खबरले काठमाडौँ भरका अभिभावकको मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो। 

क्षेत्रपाटीको स्कूलबाट गायब भएको छोरा विशाल चौधरी अपहरण परेको थाहा भएपछि आमा निर्मला बेहोस थिइन्। बुवा अजयको होस ठीक ठाउँमा थिएन।
 
अपहरणकारीले फोन गरेर आधा करोड फिरौती रकम मागेको बताउँछन् उनीहरु। आर्थिक अवस्था थिएन त्यति बुझाउने निर्मला र अजयको। 
तर सोमबार फिरौती नतिरिकनै छोरा सकुशल फिर्ता भयो। 

बुवा अजय भन्छन्, 'बच्चालार्इ पिटिएको छैन, नयाँ कपडा लगाइदिएको छ। बिस्कुट र चाउचाउ झोलामा राखिएको छ। त्यस्तो गर्ने कोही नजिकको मान्छे हुनुपर्छ।'

बुवा नै अनुसन्धानको दायरामा

बुधबार बिहान युकेजीमा पढ्ने विशाललार्इ अभिभावकले स्कुल पुर्याुएका थिए। बेलुका तिनै विशाललार्इ घर ल्याउन बुवा स्कुल पुग्दा उनी गइसकेका हुन्छन्।   

छोरा एक्कासी गायब भएपछि अभिभावक आत्तिएर प्रहरीकहाँ पुगे। प्रहरीले पनि केही गर्ने अवस्था नहुँदा विशालका अभिभावक आत्तिन्छन्। 
अजयका अनुसार शनिबार मोबाइलमा अपहरणकारीले फोन गर्दै चुनाव लड्नको लागि ५० लाख सहयोग माग्छन्। उनी भन्छन्, हामीले पैसा दिन सक्दैनौँ भन्यौँ। 

त्यसको दुर्इ दिनपछि अपरहणकारीले विशाललार्इ छोडिदिन्छन्। 

यो अपत्यारिलो ट्विस्ट पछि अपहरित विशालका बुबा नै अहिले प्रहरीको अनुसन्धानको दायरामा परेका छन्।  विशालका बुवालार्इ प्रहरीले एक हप्ता अनुसन्धानका लागि राख्ने भएको छ। ठीकै हो, प्रहरीको अनुसन्धानलाई सहयोग गर्छु, अजय भन्छन्। 
उनी विशाललार्इ आफ्नै नजिकको साथीले अपहरण गरेको दावी गरिरहेका छन्।
 

कसले गर्‍यो अपहरण?

गत बिहीबार स्कुलबाटै अपरहणमा परेका हार्डवेयर व्यापारी अजय र निर्मला चौधरीका छोरा विशाल चौधरी सकुशल  त भेटिएका छन्। तर, प्रहरीले मुख्य अपहरणकारीबारे पत्ता लगाउन सकेको छैन।  

त्यस दिन विद्यालयबाट छोरा केहीबेर अघि नै गइसकेको जवाफ पाएपछि चिनजानका सबैलाई छोरालाई स्कुलबाट लिएर गए नगएको बारेमा उनका बुवाले सोधे।  तर विशाल कतै पनि पत्ता लागेनन्। 

कतैबाट जवाफ नपाएपछि उनी प्रहरीमा गएर रिपोर्ट दिए।  प्रहरीले खोजी गरिरहेको जानकारी दियो। भोलिपल्ट शुक्रबार पनि प्रहरीले खोजिरहेको बतायो। 

शनिबार कुनै नम्बरबाट फोन आयो। विशालका बुवाले भने, ‘सुरुमा हामीले अर्को बच्चा उठाउनुपर्नेमा तपाईँको छोरा उठाएछौं  भन्दै हामी २ नं. प्रदेशमा चुनाव लड्ने हो तपाईँको सहयोग चाहियो भनेको बताए। फिरौतिस्वरुप ५० लाख मागेको पनि विशालका बुवा बताउँछन्। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell