PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पुनः मतदान हुने भएपछि भरतपुर-१९ मा उम्मेदवार घरदैलो अभियानमा



पहिलोपोस्ट

पुनः मतदान हुने भएपछि भरतपुर-१९ मा उम्मेदवार घरदैलो अभियानमा

चितवनः सर्वोच्च अदालतको पुनः मतदानको आदेशपछि दलहरुले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावी प्रसारप्रचार सुरु गरेका छन्। 

कांग्रेस माओवादी संयुक्त गठबन्धकी मेयरकी उम्मेदवार रेणु दाहालले वडा नम्बर १९को शारदानगरबाट प्रचारप्रसार सुरु गरेकी छन्। उनले सर्वोच्चको फैसलापछि आफुहरु योजनावद्धरुपमा चुनावी अभियान लागेको बताईन्।  

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले पनि सोही वडाको रानीपोखरी क्षेत्रबाट चुनावी प्रचार प्रसार सुरु गरेको बताए। अदालतको निर्णय आफूलाई चित्त नबुझेको उल्लेख गर्दै ज्ञावालीले जनताको अदालतले आफूलाई विजयी गराउने दाबी गरे।

यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरी तीन वटा मतदान केन्द्र छन्।

किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell