PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डले भने– पहाडी र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई परास्त गरौं



रासस

प्रचण्डले भने– पहाडी र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई परास्त गरौं

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कीर्ण पहाडी राष्ट्रवाद र स्वतन्त्र मधेस विखण्डनवादी राष्ट्रवादलाई पहाड़, हिमाल र मधेसवासीले परास्त गर्नुपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बीउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्ने बताए।

उनले मधेसको मागलाई सम्बोधनका गर्न अघि सारिएको संविधान संशोधन विधेयकलाई पारित गराउन प्रयास जारी रहेको बताए। 

उनले ‘ एक मधेस, एक प्रदेश’को माग आफ्नो दलको लाइन नभएको स्पष्ट पारे। प्रचण्डले दुई नं प्रदेशको मुख्य केन्द्र जनकपुरधामलाई महानगरपालिका घोषणा गरी विकासका योजना कार्यान्वयनका लागि आफ्नो दलले पहल गरिरहेको जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell