PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न सर्वदलीय बैठक जारी



राजेन्द्र आचार्य

भरतपुर–१९ मा पुनः मतदानको मिति तोक्न सर्वदलीय बैठक जारी

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदानको मिति तय गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ।

भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैठक बसिरहको हो। बैठकमा प्रमुख निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, दलका प्रतिनिधिलगायतको सहभागीता छ।

सर्वोच्च अदालतले पुनः मतदानका लागि आदेश दिएपछि मतदानको मिति तय गर्न बैठक बसेको हो। 

भरतपुर १९ मा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरी तीन वटा मतदान केन्द्र छन्।  

किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell