काठमाडौँ: फिल्म ‘फटाहा फणिन्द्रे’ निर्माण हुने भएको छ। निर्माता अरुण खड्काले अरुण फिल्मस् प्रोडक्शनको ब्यानरमा फिल्म घोषणा गरेका हुन्। फिल्मलाई हिमाल उप्रेतीले निर्देशन गर्दैछन्।
हिमालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यसअघि उनी नेपाली फिल्ममा सह निर्देशकको रुपमा सक्रिय थिए। 'आफुले हासिल गरेको अनुभव ‘फटाहा फणिन्द्रे’मा खन्याउन लागेको हुँ',हिमालले बताए। फिल्ममा कथा समेत हिमालकै रहने छ। फिल्म निर्माण युनिट र निर्देशक हिमाल बिच सोमबार सम्झौता भएको हो।
युनिटले फिल्म छायाँकनको लागि आउँदो तिहारपछि सुरु गर्ने जानकारी दिएको छ। निर्माता अरुणका अनुसार फिल्मको लागि कलाकार चयन भैरहेको छ। कमेडी जानराको फिल्ममा एक्सन रोशन श्रेष्ठको र छायाँकन हरि घले लामाको रहनेछ।