काठमाडौं: ‘कार्टुन्ज क्रु’ को फिचरिङ रहेको नयाँ भिडियो सार्वजनिक भएको छ। ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेल गीत ‘जता जता पिरतीको बाटो’मा क्रुले प्रस्तुती दिएको हो।
युट्युबमार्फत गीतको भिडियो मंगलबार सार्वजनिक भयो। भिडियोमा क्रुसँगै अभिनेता पल शाहलाई पनि देख्न सकिन्छ। शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ।
कार्टुन्ज क्रुका सरोज अधिकारीका अनुसार यो भिडियो कमब्याक भिडियो बनेको बताए। भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो तर पछि स्टेपहरु र कन्सेप्ट दोहोरिएको कमेन्ट आउन थाल्यो। त्यसैले यो भिडियोमा फरक दिन खोजेका छौं।'
दिनेश थपलियाको शब्द तथा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ। उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन्।
हेर्नुस् भिडियो: