PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

भारत प्रशासित काश्मीरमा एक अतिवादी कमाण्डर मारिएको प्रहरीको दाबी



रासस

भारत प्रशासित काश्मीरमा एक अतिवादी कमाण्डर मारिएको प्रहरीको दाबी

श्रीनगरः भारत प्रशासित काश्मीरमा मङ्गलबार लासकार इ तोइबाका एकजना वरिष्ठ कमाण्डर अबु दुजाना मारिएका छन्। 

सरकारी सुरक्षा बल र आतङ्ककारीबीच भएका दोहोरो भिडन्तमा ती कमाण्डर मारिएका प्रहरी स्रोतले जानकारी दिएको छ। 

पुल्वामा जिल्लाको हार्किपोरा गाउँको बाहिरी इलाकामा आतङ्ककारी र सुरक्षाबलबीच भएको दोहोरो गोली हानाहानमा ती कमाण्डर मारिएका बताइएको छ। 
भारत प्रशासित काश्मीरमा रहेको श्रीनगर सहरबाट २७ किलोमिटर दक्षिणमा पर्ने इलाकामा मङ्गलबार बिहान सो घटना भएको थियो। रासस /सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell