PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

भरतपुर १९ मा शुक्रबार मतदान हुने, मौन अवधि सुरु, च्यातिएका मतपत्र आजै जलाइने



राजेन्द्र आचार्य

भरतपुर १९ मा शुक्रबार मतदान हुने, मौन अवधि सुरु, च्यातिएका मतपत्र आजै जलाइने

चितवन : भरतपुर वडा नम्बर १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुने भएको छ। 

मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आज डाकेको सर्वदलीय बैठकमा पुनः मतदानको मिति तोकिएको हो। निर्वाचनका लागि मौन अवधि आजैदेखि लागू भएको छ।

मौन अवधिमा सभा, सम्मेलन र प्रचार प्रसार गर्न तथा झण्डा प्रदर्शन गर्न पाइँदैन।  

नेपाली कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठले सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिएका हुन्। मुख्य निर्वाचन अधिकृतले भने यसबारे केही बताएका छैनन्। उनले सूचना टाँस गरेपछि नै सबै कुरा थाहा हुने बताए। 

यसैबीच, च्यातिएका मतपत्रहरु आज जलाइएको छ।  वडा नम्बर १९ को मतगणना भइरहँदा ९० वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगले कानुन अनुसार पुनः मतदानको निर्णय गरे पनि अदालतमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन। 

सर्वोच्चमा सुनुवाईका क्रममा च्यातिएका मतपत्रका पोको काठमाडौँस्थित सर्वोच्चको इजलासमा पुर्‍याइएको थियो। 



सर्वोच्चले रिट खारेज गरी निर्वाचन आयोगकै निर्णय सदर गरेपछि पुनः मतदान हुन लागेको हो।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell