PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भरतपुरमा च्यातिएका मतपत्र जलाइयो, हेर्नुस् फोटो र भिडियो



राजेन्द्र आचार्य

भरतपुरमा च्यातिएका मतपत्र जलाइयो, हेर्नुस् फोटो र भिडियो

चितवन : भरतपुरमा च्यातिएका ९० मतपत्रहरु आज दलका प्रतिनिधिहरुको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जलाएर नष्ट गरेको छ। 

मतगणना भइरहेका बेला मतपत्र च्‍यातिएपछि यहाँको मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वोच्चमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन। 

मुद्दाको सुनुवाईका क्रममा च्यातिएका मतपत्रको पोको सर्वोच्च अदालत मगाइएको थियो। 

यसै साता सर्वोच्चले निर्वाचन आयोगकै निर्णय कानुनसम्मत रहेको भन्दै सदर गरेपछि शुक्रबार साउन २० गते भरतपुर वडा नम्बर १९ मा मतदानको मिति तोकिएको छ। 

मतपत्र जलाउँदा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell