PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

शारिरिक सुगठनका महेश्वर र ननिता सम्मानित



पहिलोपोस्ट

शारिरिक सुगठनका महेश्वर र ननिता सम्मानित

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले एसियाली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता महेश्वर महर्जन र ननिता महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

महेश्वरले भुटानको थिम्पुमा गत सेप्टेम्बरमा भएको ५०औं एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए।

त्यस्तै ननिताले गत डिसेम्बरमा थाइल्यान्डको पटायामा भएको आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपअन्तर्गत महिला एथलेटिक फिजिकमा कास्य जितेकी थिइन्।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले महेश्वरलाई १ लाख र ननितालाई ३५ हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell