PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

शिक्षण अस्पतालमा बुधबारदेखि रेजिडेन्ट डाक्टरहरुले ओपिडी बन्द गर्ने



पहिलोपोस्ट

शिक्षण अस्पतालमा बुधबारदेखि रेजिडेन्ट डाक्टरहरुले ओपिडी बन्द गर्ने

काठमाडौँ : शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले अनशनरत डा. गोविन्द केसीको माग लाई बेवास्ता गरेको भन्दै ओपिडी सेवा बन्द गर्ने भएका छन्।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन, आइओएमले विज्ञप्ति जारी गरी बुधबारबाट शिक्षण अस्पतालको पठनपाठन कार्यक्रम, ओपिडी लगायतका सेवामा सहभागी नहुने बताएका हुन्। 

साउन १६ गते बसेको एसोसिएसनको बैठकले १८ गतेदेखि ती सेवामा सहभागी नहुने निर्णय गरेको थियो। डा. केसीका माग तत्काल सम्बोधन नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell