PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

दोस्रो चरणमा ३५ युवा फुटबलर छानिए



पहिलोपोस्ट

दोस्रो चरणमा ३५ युवा फुटबलर छानिए

काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि दोस्रो चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रारम्भिक चरणमा बोलाइएका ६४ खेलाडीबाट प्रशिक्षक लोप्साङले ३५ खेलाडी छानेका हुन्।

भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका लागि २३ सदस्यी अन्तिम टोली छनोट गरिनेछ। 

 

गोलरक्षक : अर्पण कार्की, सोजित गुरुङ, सन्देश गुरुङ, आकाश रानानभाट, अभिशेक बराल

डिफेण्डर : विश्व उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, दीपेन्द्र बुढा, आशिष केसी, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु

मिडफिल्डर : अशोक थापा मगर, दीनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदम्बे, जसन्जय ठकुरी, रुमेश बर्तौता, अरिक विष्ट, राम ओजी, राजिव लोप्चन, मनिस थपा, रोशन पहरी

फरवार्ड : रेजिन सुब्बा, दिपेश आले मगर, प्रेजन तामाङ, धिरज श्रेष्ठ, ओम प्रकाश सिंह, राजेश परियार, अजय दनुवार, कमल देउवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell