PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

पोखरा स्पोर्टस् अवार्ड : लाइफटाइम एचिभमेन्ट अर्वाड खड्ग रानाभाटलाई प्रदान गरिने  



पहिलोपोस्ट

पोखरा स्पोर्टस् अवार्ड : लाइफटाइम एचिभमेन्ट अर्वाड खड्ग रानाभाटलाई प्रदान गरिने  

पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा यही साउन २१ गते हुने दोस्रो पोखरा स्पोर्टस् अर्वाडमा पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अर्वाडबाट सम्मान गर्ने भएको छ।

अर्वाडको तयारीकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रानाभाटलाई सम्मान गरिने जानकारी दइएको हो।

पोखरा स्पोर्टस् अर्वाड अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ र भलिबलकी अरुणा शाही मनोनयनमा परेका छन्।

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डवलका विशाल बस्नेत मनोनयनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकले जानकारी दिए।

वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिबलकी ममता डगौरा, एथलेटिक्सका दर्शना बुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन। यसैगरि वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुन वहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन्।

यसै वर्षबाट थप गरिएको वर्ष उत्कृष्ट संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने पाठकले जानकारी दिए। वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अवार्ड प्रदान गरिनेछ।

मनोनयनमा परेका तीन जनामध्ये प्रत्येक विधाबाट एक–एक जना विजेताले अर्वाड प्राप्त गर्ने छन्। महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्यलाई जनही १०–१० हजार नगदसहित अर्वाड प्रदान गरिनेछ।

गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफटाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell