PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

मिनीबसको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु



रासस

मिनीबसको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

दमौली। पृथ्वीराजमार्गको दमौली डुम्रे सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा आज मिनीबसले ठक्कर दिँदा पैदल हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ। 

मृत्युहुनेमा सोही नगरपालिका–१ गल्वुबेशीका ४३ वर्षीय निर्मला बसौला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

मुग्लिनबाट पोखरा गइरहेको ना५ख ५६७१ नम्बरको मिनीबसले ती महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको रत्नहरि अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell