PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

लागूऔषधसहित भक्तपुरबाट तीनजना पक्राउ



रासस

लागूऔषधसहित भक्तपुरबाट तीनजना पक्राउ

भक्तपुर : महानगरीय प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले लागूऔषधका रुपमा प्रयोग हुने अवैध औषधिसहित मंगलबार तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ बस्ने १८ वर्षीय श्रीकृष्ण प्रजापति, सूर्यविनायक नगरपालिका–७ जगाती बस्ने १९ वर्षीय रबिन टचामो र सूर्यविनायक–६ सिपाडोल बस्ने १९ वर्षीय शोभित कार्की रहेका छन्। 

प्रहरीले भक्तपुर नगरपालिका च्यामासिंहमा लागूऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि निट्राभेट–१० बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell