PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अब्बासी पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित



रासस

अब्बासी पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित
फोटो श्रोतः bbc.com


पाकिस्तान : पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी प्रधानमन्त्री निर्वाचित भएका छन्। 

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा मंगलबार निर्वाचन भएको थियो। 

अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ मत प्राप्त भएको थियो। 

प्रधानमन्त्रीका लागि विभिन्न छ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उनको प्रतिस्पर्धी थिए।

कमारले जम्मा ४७ मत प्राप्त गरे । त्यसैगरी पाकिस्तान तेहरिक–ए–इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गरेका थिए भने जमाते ए इश्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा चार मत प्राप्त गरे। 

शरीफले आफ्नै भाइ शहवाज सरीफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उनको पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले सरीफका विश्वासपात्र पूर्व पेट्रोलियम मन्त्री शहीद खकान अब्बासीलाई अघि सारेको छ।

शहवाज नेशनल एसेम्लीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उनको ठाउँमा प्रधानमन्त्री बनाई सरीफका भाइ शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell