PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

कोठामा मृत अवस्थामा फेला



रासस

पोखरा: पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन्।

स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग ५८ वर्षका लिलाबहादुर कुँवर मंगलबार मृत अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

सोमबार साँझ खाना खाएर सुतेका कुँवर बिहान अबेरसम्म नउठेपछि घरधनी गुरुङले प्रहरीलाई जानकारी गराएका थिए।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell