PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

बागलुङमा पहिरोले ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध



रासस

बागलुङमा पहिरोले ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

बागलुङ : बागलुङको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन्। 

मंगलबार साँझ गलकोटबाट मनेवा गइरहेको ध १ ज ६५७ नम्बरको ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन्। 

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले जानकारी दिए। 

ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको छ।

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell