PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

प्रतिनिधिसभा निर्वाचनमा एकीकृत चुनाव चिन्ह लिन चाहने दलहरुलाई भदौ ११ सम्मको समय



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनमा एकीकृत चुनाव चिन्ह लिन चाहने दलहरुलाई भदौ ११ सम्मको समय

काठमाडौँ: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एकल चिन्ह लिई निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको निवेदन दिने आह्वान गरेको छ। आयोगले भदौ ११ गतेसम्म आयोग केन्द्रीय कायालयमा निवेदन दिन आह्वान गरेको हो।

दुई वा सोभन्दा बढी दलहरुले चुनावमा भाग लिँदा मोर्चा बनाई एकै चुनाव चिन्ह लिन चाहे दल दर्ता गर्नुपर्ने राजनीतिक दलसम्वन्धी ऐनमा व्यवस्था छ। 
ऐनको दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिन्ह लिएर चुनावमा भाग लिन पाउँनेछन्। यसरी चुनाव चिन्ह लिँदा यसअघि कुनै पनि दलले प्रयोग गरेको चिन्ह वा अन्य रोजेको चिन्ह लिन पाउँनेछन् ।  

संयुक्त रुपमा चुनावमा गई एकल चिन्हका लागि निवेदन दिन दलहरुले संयुक्त रुपमा चुनाव भाग लिनेसम्वन्धी दलहरुको केन्द्रीय समिति बैठकको निर्णय आवश्यक पर्नेछ। 

निर्वाचन आयोगको आह्वानले दल दर्ता भएका तर, स्थानीय तहमा रोजेका चिन्ह नपाएका दलहरुलाई सहज हुनेछ। राष्ट्रिय जनता पार्टीले पनि भदौ ११ भित्र एकीकृत दलका रुपमा चुनाव चिन्ह लिनेगरी निवेदन दिएमा प्रतिनिधिसभामा चाहेको चुनाव चिन्ह लिएर चुनावमा जान पाउनेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell