PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

तेस्रोपटक 'झ्यानाकुटी' रिलिज मिति तय



पहिलोपोस्ट

तेस्रोपटक 'झ्यानाकुटी' रिलिज मिति तय

काठमाडौं: फिल्म 'झ्यानाकुटी'ले पुन: एकपटक रिलिज मिति पर सारेको छ। यो फिल्म युनिटले टार्गेट गरेको तेस्रो रिलिज टार्गेट हुनेछ। यसअघि भदौ ८ गते बिहिबारबाट नै र भदौ ३० गतेबाट फिल्म प्रदर्शन हुने भन्ने दुईपटक घोषणा भइसकेको छ। तर अब फिल्म कार्तिक १७ गतेलाई फिल्म प्रदर्शन मिति सरेको हो।

फिल्म सार्वजनिक मिति सर्नुको कारण पोस्ट प्रोडक्शनको काम बाँकी रहनु बताइएको छ। फिल्मलाई अभिनेत्री नीशा अधिकारीले निर्माण गरेकी हुन्। सिमोश सुनुवार निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको छ। कमेडी जानराको फिल्मलाई कास्की जिल्लामा छायांकन गरिएको छ।

अब भदौ ८ गते दुई नेपाली फिल्म पर्दामा आउँदैछन्। भुटानी शरणार्थीको कथा बोकेको फिल्महरु 'देश खोज्दै जाँदा' र 'हामी शरणार्थी' र 'धूम २' एकसाथ सार्वजनिक हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell