PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

 खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित



रासस

 खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित
फोटो श्रोतः avax.news

सोमालिया : सोमालियामा खडेरीका कारण विस्थापित वन्ने सोमालियाली नागरिकको सङ्ख्या सात लाख ६६ हजार ४६७ पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ,‘ विस्थापितमध्ये सबैभन्दा धेरै सोमालियाली नागरिक अर्थात् एक लाख ७७ हजार व्यक्तिलाई बायोडोआस्थित विभिन्न बस्तीहरूमा राखिएको छ भने एक लाख ६१ हजार मानिस मोगादिशुका विभिन्न वस्तीमा शरण लिइरहेका छन्।’ 

विस्थापित नागरिकलाई बास र गैर खाद्यान्न सामग्रीको आवश्यकता परेको छ। विस्थापितमध्ये बेबाट एक लाख ९७ हजार, लोअर साबेलेबाट एक लाख ३९ हजार, मुदुगबाट एक लाख र सुल क्षेत्रबाट ६० हजार नागरिक रहेका उनीहरू खडेरीबाट नराम्ररी प्रभावित बनेका राष्ट्रसङ्घको ठहर छ। 

त्यसैगरी झण्डै एघार लाख नागरिक विस्थापित हुने अवस्थामा रहेका पनि बताइएको छ। 

विस्थापित बनेर ठूलो सङ्ख्यामा राष्ट्रसङ्घको शिविरमा पुगेका नागरिकलाई खानेपानी, औषधि, खाद्यान्न, लुगाफाटो र शौचालयजस्ता सामान्य आवश्यकतालाई पनि पुरा गर्न धौ धौ पर्ने गरेको पनि देखिएको राष्ट्रसङ्घका प्रतिनिधिले बताएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell