PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

किन दिएनन् स्थानीयवासीले ओखरपौवामा फोहोर फाल्न ?



रासस

किन दिएनन् स्थानीयवासीले ओखरपौवामा फोहोर फाल्न ?

नुवाकोट : नुवाकोट ओखरपौवामा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पुर्याएका छन्। वर्षाको समयमा फोहोर व्यवस्थापनमा महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन्। 

स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिए। 

स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पुर्याएका हुन्। 

यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आएपनि बेवास्ता गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताए।

‘हाम्रो माग धेरै भएपनि तत्कालका लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छौं’ वडा अध्यक्ष बज्रगाईंले भने,‘अब यसको विकल्प खोज्नको लागिसमेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भएपनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ।’ 

अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयवासीबीच प्रयास सुरु गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell