PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

टेलिश्रृङ्खला प्रशारणका लागि धतुरेले गरे पहिलोपटक कम्पनी दर्ता



पहिलोपोस्ट

टेलिश्रृङ्खला प्रशारणका लागि धतुरेले गरे पहिलोपटक कम्पनी दर्ता

काठमाडौं: हास्य टेलिश्रृङ्खला ‘के जमाना आ’का कलाकारले कार्यक्रमका लागि कम्पनी खोलेका छन्। प्रशारण हुने नेपाली टेलिश्रृङ्खला मध्य के जमाना आ युनिटले पहिलो पटक टेलिफिल्म प्रशारणका लागि कम्पनी दर्ता गरेको युनिटको दाबी छ।

कलाकार चिरञ्जीवी प्रसाद पुडासैनीका अनुसार व्यङ्ग्यको नाममा सांस्कृतिक, धार्मिक अनि सामाजिक परिधि नाघ्ने चलनबाट पर रहन र हास्य कलाकारको मनोरञ्जन र संदेश प्रवाह गर्ने जिम्मेवारीलाई कुशलताका साथ निभाउनु कम्पनी दर्ता गरेका हुन्। उनी यसअघि भद्रगोलमा धतुरे पात्रको रुपमा अभिनय गर्थे। भन्छन्,'आफ्नै संस्था भएपछि नियमले बाध्छ। परिधि नाघ्नबाट रोकिन्छौं।' के जमाना आ युनिटमा १८ सदस्य रहेका छन्। आफूहरु अन्य हास्य टेलिफिल्मसँग प्रतिस्पर्धा गर्नभन्दा भन्दा कन्टेन्टमा समसामयिकता ल्याउन ध्यान दिएको बताउँछन्।

सिपी भन्छन्,‘कलाकारिता आफैमा दुखको पेशा हो। तर पनि भोक मारेर अभिनयको रहर पुरा गर्न चाहनेहरु छन्। उनीहरुको प्रतिभालाई राम्रो प्लाटफर्म बन्नसक्छ भनेर के जमाना आ सुरु गरेको हुँ।' हाल साँखुमा ‘के जमाना आ' को सुटिङ हुँदै आएको छ।

शृङ्खला लेखनमा सिपीलाई आशिष श्रेष्ठले साथ दिंदै आएका छन्। ‘के जमाना आ' मा चिरञ्जीवी प्रसाद पुडासैनी (सिपी), गणेश खड्का, सम्झना आचार्य, केशव सापकोटा, राजु कट्टेल, सम्झना श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell