PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पाँचथरमा मतदाता परिचयपत्र बनाउनेको भीड



रासस

पाँचथरमा मतदाता परिचयपत्र बनाउनेको भीड

पाँचथर : यसअघि मतदाता परिचयपत्र बनाउन छुटेका व्यक्तिको पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड व्यवस्थापनमै कठिनाइ भएको छ। 

अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा तीन हजार २०० जनाको परिचयपत्र बनाइएको छ। यस्तै, २०० जनाको नाम सच्याइएको छ। जिल्ला निर्वाचन कार्यालय पाँचथरमा भीड बढेपछि अहिले गाउँपालिकामै परिचयपत्र बनाउने र नाम सच्याउन थालिएको हो। 

अब साउन मसान्तसम्म परिचयपत्र बनाउने र सच्याइने जिल्ला निर्वाचन कार्यालय प्रमुख धु्रव राईले बताए। 

यसअघिको स्थानीय तहको निर्वाचनमा धेरै मतदाता परिचयपत्र नभएकाले आफ्नो मत दिने अधिकारबाट वञ्चित भएका थिए। 

परिचयपत्र बनाउन र सच्याउन निर्वाचन आयोगको टोली गाउँपालिकामै गएपछि दुई दिनको अवधिमा फालेलुङ गाउँपालिकामा ७६ जना, फाल्गुनन्दमा ५७ जना, कुमायकमा ४१ जना, याङबरकमा ३३ जना, मिक्लाजुङमा १७ जना र फिदिम नगरपालिकामा १२३ जनाको नयाँ परिचयपत्र बनाइएको निर्वाचन कार्यालयले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell