PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

अफगानिस्तानमा बम हमलामा मारिेनेको संख्या २९ पुग्यो, राष्ट्रसंघका महासचिवद्वारा घटनाको निन्दा



रासस

अफगानिस्तानमा बम हमलामा मारिेनेको संख्या २९ पुग्यो, राष्ट्रसंघका महासचिवद्वारा घटनाको निन्दा
फोटो श्रोतः rte.ie

संयुक्त राष्ट्रसंघ : अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गरेका छन्। 

हमलामा परी घटनास्थलमा १५ जनाको ज्यान गएको थियो भने अहिले बढेर मृत्यु हुनेको संख्या २९ पुगेको छ। 

महासचिव गुटरेसका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा आक्रमण अत्यन्तै निन्दनीय रहेको र यस्तो घातक हमलामा सक्रिय हुनेलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘प्रार्थना गर्न बसेका सर्वसाधारण व्यक्तिलाई यसरी बम हमला गरेर ज्यान लिनु नागरिकको आधारभूत मानअधिकारको गम्भीर हनन् मात्र नभएर मानवताविरुद्धको अपराध हो।’

 हमलाले नागरिकको बाँच्न पाउने र आफ्नो परम्परा, धर्म र संस्कार अवलम्बन गर्न पाउने अधिकारमाथि हिंसात्मक रुपमा धावा बोलेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अफगानिस्तानको राजधानी काबुलमा रहेको इराकी राजदूतावासमा भएको हमलाको एकदिन पछि यो आक्रमण भएको हो। 

दूताबासमा भएको हमलामा परी दुई जना सर्वसाधारण मारिएका थिए भने  दूताबासका केही कर्मचारी घाइते भएका छन्। 

हमलामा परी अरु कम्तीमा पनि ६० जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये कैयौँको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। 

हमलामा दुई जना आत्मघाती हमलाकारीको हात रहेको बताइएको छ। हमलाकारीमध्येका एकजनाको आफैले विष्फोट गराएको बमबाट ज्यान गएको छ भने अर्का एकलाई प्रहरीले गोली हानी मारेको थियो।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell