PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

कमल थापाको आरोपः राजपालाई निर्वाचनमा आउन नदिने षड्यन्त्रमा कांग्रेस



रासस

कमल थापाको आरोपः राजपालाई निर्वाचनमा आउन नदिने षड्यन्त्रमा कांग्रेस

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने दाबी गरेका छन्। 

जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताए। 

अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी रहेको  भन्दै नेपाली कांगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी नहोस् भन्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। 

संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली कांग्रेस नियोजित रूपमा लागेको आरोप लगाउँदै अध्यक्ष थापाले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग कांग्रेस र माओवादी केन्द्रको प्रोपोगण्डा भएको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell