PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सामुदायिक वनमा पाटेबाघ देखिएपछि वन प्रवेशमा निषेध



रासस

कञ्चनपुर : दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ । 
सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो। 

सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका गरेको बताए।

वन संरक्षणमा जोड दिएपछि जंगली जनावर बदेँल, बाँदर, चित्तललगायतको संख्या वृद्धिसँगै दुई दशकपछि वयस्क पाटेबाघसमेत देखा परेको उनले बताए। 

सामुदायिक वनमा प्रशस्त अहारा भएकाले पाटेबाघ देखा परेको हो। पाटेबाघ शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जबाट सामुदायिक वन क्षेत्रमा आएको हुनसक्ने बताइएको छ। ३२८ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन जिल्लामै संरक्षणका हिसाबले उत्कृष्ट मानिन्छ छ। 

विसं।२०५४ मा स्थापना भएको सामुदायिक वनमा सातसय भन्दा बढी उपभोक्ता आश्रित छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell