PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

यसरी निर्माण हुँदैछ मदन भण्डारी संग्रहालय 



रासस

यसरी निर्माण हुँदैछ मदन भण्डारी संग्रहालय 

मोरङ : मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा जननेता मदन भण्डारीको संग्रहालय निर्माण भइरहेको छ। 

आगामी असोज महिनासम्ममा सम्पन्न हुने गरी निर्माण भइरहेको संग्रहालयमा स्व भण्डारीले प्रयोग गरेका सामग्री, उनका, आलेख, दस्तावेज, साइकलका साथै दासढुंगा दुर्घटनामा परेको जीपलाई पनि राखिनेछ। 

भण्डारीको जन्म भएको ताप्लेजुङको ढुंगेसाँघुदेखि मृत्यु भएको चितवनको दासढुंगासम्म चित्रित हुने सम्पूर्ण सामग्री संग्रहालयमा राखिने प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्रबहादुर तामाङले जानकारी दिए। संग्रहालयमा स्व भण्डारीले बोलेका अडियो र भिडियोसमेत राखिने जनाइएको छ। 

संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा पाँच वर्षदेखि प्रतिष्ठानले संग्रहालयका साथै पुष्पवाटिका तथा बालउद्यान निर्माण गरिरहेको छ। योजना निर्माणमा अहिलेसम्म एक करोड २५ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको संग्रहालय निर्माण समितिका संयोजक रोमनाथ ओलीले जानकारी दिए। 

। भण्डारीको जीवनको विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले तथा उनले दिएको योगदानलाई जीवन्त राख्न संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिए। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell